birat ribon

कात्तिक १ गतेबाट देशभरका धार्मिक तथा साँस्कृतिक क्षेत्र खोल्ने तयारीमा सरकार

Neuro
कात्तिक १ गतेबाट देशभरका धार्मिक तथा साँस्कृतिक क्षेत्र खोल्ने तयारीमा सरकार

ताप्लेजुङ, २१ असोज । सरकारले आगामी कात्तिक १ गतेबाट देशभरका धार्मिक शक्तिपीठलाई खुला गर्ने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई क्रमशः निश्चित संख्यामा खोल्दै लैजाने सरकारको तयारी रहेको बताए ।

cura insider

ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटनका क्रममा बुधबार गृह जिल्ला ताप्लेजुङ आएका मन्त्री भट्टराईले सुकेटार विमानस्थलमा सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन् ।

मन्त्री भट्टराईले आगामी मन्त्रिपरिषद्को बैठकमा धार्मिक क्षेत्रलाई खुला गर्ने प्रस्ताव लैजाने र पारित भएमा कात्तिकको सुरुदेखि क्रमशः खोल्दै लगिने बताउँदै दसैँ, तिहारजस्ता चाडबाड नजिकिएकाले र लामो समयदेखिको बन्दाबन्दीले धार्मिक तथा साँस्कृतिक पर्यटनको क्षेत्र नै नराम्रोसित प्रभावित भएको अवस्थामा स्वास्थ्य सतर्कतासहित क्रमशः खोल्दै लैजाने स्पष्ट पारे ।

jackson ribon