birat ribon

चालकको आँखाको ज्योति कमजोर हुनु सवारी दुर्घटनाको मुख्य कारण

Neuro
चालकको आँखाको ज्योति कमजोर हुनु सवारी दुर्घटनाको मुख्य कारण

विराटनगर, २१ असोज । चालकको आँखाको ज्योति कमजोर हुनु ८१ प्रतिशत सवारी दुर्घटनाको कारण हुने गरेको बताइएको छ ।

भारतको मिसन फर भिजन नामक एक गैरसरकारी संस्थाले १२ राज्यका १५ हजार चालकमाथि गरेको सर्वेक्षणले सवारी दुर्घटनाको मुख्य कारण आँखाको ज्योति कमजोर हुने बताएको हो । उक्त सर्वेका अनुसार भारतका ४० प्रतिशत चालकको आँखाको ज्योतिमा समस्या देखिएको छ ।

cura insider

संस्थाको प्रमुख सावित्रा कुंडुका अनुसार २०१९ र २०२० को बीचमा गरिएको अध्ययनले भारतमा आँखाको ज्योति र सवारी चालकबीचको सम्बन्धलाई स्पष्ट पार्न खोजेको हो । भारतका ३० हजार चालकलाई सहभागी गराएर गरिएको अर्को अध्ययनमा ६८ प्रतिशत ट्रक ड्राइभरले कहिल्यै पनि आँखा परीक्षण नगराएको र यीमध्ये ६० प्रतिशत चालकलाई चश्माको आवश्यकता रहेको पत्ता लाग्यो ।

भारतको भिजन स्प्रिंगका निर्देशक अंशु तनेजाले ८० प्रतिशत सवारी दुर्घटनासँग चालकको दृष्टि समस्या पनि जोडिएको बताएका छन् । यीमध्ये २६ प्रतिशत निजी सवारीसाधनका चालक हुन् । हरेक चारमध्ये एक ड्राइभर २० देखि ३० मिटर टाढा रहेको साइनबोर्ड देख्दैनन् । त्यही भएर उनले चालकको आँखा परीक्षण अनिवार्य गरिनुपर्ने जोड दिएका छन् ।

सन् २०१८ मा संसारमा १०.३५ लाख मानिसको मृत्यु सडक दुर्घटनाको कारण भएको भिजन इम्प्याक्ट इन्स्टिच्युटका म्यानेजर क्रिस्टन ग्रसले बताएका छन् । दुर्घटनामा पाँच करोड मानिस घाइते भएका थिए । यीमध्ये ९० प्रतिशत निम्न र मध्य आय हुने देशका नागरिक हुन् भने सडक दुर्घटनामा सबैभन्दा बढी मृत्यु १५ देखि २९ वर्ष उमेर समूहका मानिसको हुने गरेको पाइएको छ ।

jackson ribon