birat ribon

ट्रम्पको पोष्ट फेसबुकले हटायो, ट्वीटरले लुकायो

Neuro
ट्रम्पको पोष्ट फेसबुकले हटायो, ट्वीटरले लुकायो

विराटनगर, २१ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिडसम्बन्धी लेखेको स्ट्याटस फेसबुकले हटाएको छ ।

कोभिड १९को संक्रमण फ्लूभन्दा कम घातक रहेको दाबी गर्दै लेखिएको स्ट्याटसलाई फेसबुकले हटाएको हो । ट्रम्पको फेसबुक पोष्टमा अमेरिकाले फ्लू सिजनसँग बाँच्न सिकिसकेको छ त्यसैगरी कोभिड १९ को साथ पनि बाँच्न सिकिरहेका छौँ, र अधिकांश क्षेत्रमा कोरोना भाइरस कम घातक रहेको लेखेका थिए ।

cura insider

फेसबुकका नीति सञ्चार प्रबन्धक एन्डी स्टोनले फेसबुकमा कोभिड–१९ बारेका दिइएका गलत जानकारी हटाइदिने हुँदा ट्रम्पको पोष्ट हटाइएको बताएका छन् । साथै, ट्रम्पले ट्विटरमा पनि पोष्ट गरिएको यस स्ट्याटसलाई ट्विटरले भ्रामक र हानिकारक रहेको चेतावनी दिँदै लुकाएको छ । प्रयोगकर्ताहरूले ट्वीट पढ्नका लागि अलर्टलाई क्लिक गर्नुपर्ने हुन्छ ।

फेसबुकले ट्रम्पको पोस्ट हटाएको यो दोस्रोपटक हो तर, ट्विटरले भने धेरै पटक ट्रम्पको पोस्ट हटाउने र चेतावनी दिने काम गरिसकेको छ । यी दुवै सामाजिक नेटवर्कले भाइरसको विषयमा सम्भावित गलत जानकारीविरूद्ध लड्ने प्रतिबद्धता जनाएका छन् । कोरोना संक्रमित भएका ट्रम्प तीन दिन अस्पताल भर्ना भई उपचारपछि व्हाइट हाउस फर्केका थिए ।

jackson ribon