birat ribon

अन्जु पन्तको मार्मिक गीत ‘आमा’ सार्वजनिक (भिडियोसहित)

Neuro
अन्जु पन्तको मार्मिक गीत ‘आमा’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, २१ असोज । गायिका अन्जु पन्तको स्वर रहेको ‘आमा’ गीत सार्वजनिक भएको छ ।

गीतलाई स्टुडियो साउन्ड मिलको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । नरेश प्रधानको शब्द रहेको गीतमा हरि लम्सालको संगीत संयोजन तथा एरेन्ज रहेको छ । चलचित्र ‘आमा’ मा जीवन्त अभिनय गरेर मन जितेका अभिनेत्री मिथिला शर्मा र सुरक्षा पन्तले नै यस गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

cura insider

गीतको भिडियो, आफ्नो सन्तानलाई मस्तिष्क पक्षाघातले निम्त्याएको पीडा, आमाको पीडा, सपना तथा सन्तानको भविष्यको चिन्तामा आधारित रहेको छ । अनुप चापागाईको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायांकन तथा विकास दाहालले सम्पादन रहेको छ ।

गीतलाई बुनु श्रेष्ठले कोडिनेटर गरेकी हुन् । केही वर्षयता बुनु श्रेष्ठ र नरेश प्रधान गीतमार्फत् समाजमा मस्तिष्क पक्षाघातसम्बन्धी जनचेतना फैलाउने अभियानमा लागेका छन् ।

jackson ribon