birat ribon

ट्रम्पले गरे कोरोना राहत विधेयक सम्बन्धी वार्ताको अन्त्य

Neuro
ट्रम्पले गरे कोरोना राहत विधेयक सम्बन्धी वार्ताको अन्त्य

विराटनगर, २१ असोज । कोरोना महामारीका कारण पीडित बनेकालाई थप राहत दिने विधेयक सम्बन्धी वार्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तोडेका छन् ।

आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावपछि मात्रै प्याकेजको व्यवस्था गरिएको थप राहत दिने सम्बन्धी विधेयकमाथिको वार्ता उनले अन्त्य गरेका हुन् । ट्रम्पले आफैले चुनाव जितेमात्रै विधेक पारित हुने कुरा ट्वीटमा उल्लेख गरेका छन् ।

cura insider

अमेरिकी तल्लो सदनकी सभामुख (डेमोक्र्याट) न्यान्सी पेलोसी र वित्त मन्त्री स्टीभन मनुचनबिच बजेट सम्बन्धी वार्ता जारी छ । कोरोना भाइरसको महामारीका कारण दैनिक जीविका तथा व्यापार व्यवसायमा गम्भीर असार भोगका मध्यम वर्गीयहरुलाई लक्षित गरेर सहायता प्याकेज ल्याउन पहल भइरहेका बेला ट्रम्पले तत्कालका लागि त्यसलाई रोकेका हुन् ।

डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिक सामु ‘ढाड फर्काएको’ बताएका छन् । उनले कोरोनाका कारण प्रभावित बनेकालाई राहत दिनुपर्नेमा ट्रम्पले ढाड फर्काएर बेवास्था गरेको बताए । गुमेको जागिर नपाएका, भाडा तिर्न नसकिरहेका, खानाको जोहो गर्न नसकेका तथा सन्तानको ख्याल गर्न नसकेका अमेरिकी परिवारलाई राहत दिनुपर्नेमा उनको जोड छ ।

ट्रम्पले सहायता सम्बन्ध वार्ता तत्कालका लागि अन्त्य गरेको घोषणासँगै अमेरिकी शेयर बजारमा गिरावट आएको छ । अमेरिकाका विभिन्न राज्यमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । ट्रम्प आफै पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनी अस्पतालबाट ह्वाइट हाउस पुगे पनि उपचार भने जारी छ ।

jackson ribon