birat ribon

राष्ट्रपति भण्डारीबाट कुवेतका अमिरलाई बधाई

Neuro
राष्ट्रपति भण्डारीबाट कुवेतका अमिरलाई बधाई

विराटनगर, २१ असोज । कुवेतको अमिरका रूपमा पदभार ग्रहण गरका शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन् ।

भण्डारीले सन् १९७२ मा नेपाल र कुवेतबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएदेखि उत्कृष्ट सम्बन्ध रहेको शुभकामना एवं बधाई सन्देशमा उल्लेख गरेकी छन् । साथै दुईपक्षीय सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास उनको छ ।

cura insider

बधाई तथा शुभकामना सन्देशमार्फत राष्ट्रपति भण्डारीले मित्रराष्ट्र कुवेत र त्यहाँका जनताको निरन्तर प्रगति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

jackson ribon