birat ribon

विमानस्थल निर्धारित समयअघि नै स्तरोन्नति हुन्छः मन्त्री कुसियैत

Neuro
विमानस्थल निर्धारित समयअघि नै स्तरोन्नति हुन्छः मन्त्री कुसियैत

विराटनगर, २१ असोज । प्रदेश १ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतले विराटनगर विमानस्थलको स्तरोन्नति तोकिएको समयभन्दा अघि नै सम्पन्न हुने बताएका छन् ।

विराटनगर विमानस्थललाई अन्तराष्ट्रियस्तरमा स्तरोन्नति गर्न तीन तहका सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको भोलिपल्ट मंगलबार मन्त्री कुसियैतले यस्तो बताएका हुन् । विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने कार्य प्रारम्भ भएसँगै सबै क्षेत्र उत्साही भएको भन्दै मन्त्री कुसियैतले मन्त्रीको सपथग्रहणलगत्तै आफूले गरेको प्रतिवद्धता कार्यान्वयनको चरणमा प्रवेश गर्दा सन्तोष भएको बताए ।

cura insider

क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्ने कुरा उठिरहँदा आफ्नो जोड अन्तराष्ट्रियस्तरकै निर्माण हुनुपर्नेमा रहेको स्मरण गर्दै उनले आफ्नो भावनालाई सम्बन्धित पक्षहरूबाट पनि समर्थन भएकोमा सबैलाई धन्यवाद दिए । २०७५ असार १३ गते प्रदेश सरकारको क्याबिनेट बैठकबाट प्रस्ताव पारित भएसँगै विमानस्थल स्तरोन्नतिका लागि जोडबल सुरु भएको मन्त्री कुसियतले बताए । यसका लागि प्रदेशका मुख्यमन्त्री र संघीय सरकार र स्वयं प्रधानमन्त्रीले पनि सकारात्मक भूमिका निर्वाह गर्नुभएको उनको भनाइ छ । आजको हाम्रोमत दैनिकमा समाचार छ

jackson ribon