birat ribon

ओलीले दिए बेल्जियमका प्रधानमन्त्रीलाई शुभकामना

Neuro
ओलीले दिए बेल्जियमका प्रधानमन्त्रीलाई शुभकामना

विराटनगर, २१ असोज । बेल्जियमका नवनियुक्त प्रधानमन्त्री अलेक्जेन्डर डे क्रोलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन् ।

एक सन्देशमार्फत ओलले नेपाल र बेल्जियमले उत्कृष्ट द्विपक्षीय सम्बन्धको आनन्द लिइरहेको पनि उल्लखे गरे । साथै दुई देशबीचको सहकार्य आगामी दिनमा थप विस्तार हुने आशा प्रधानमन्त्रीले व्यक्त गरे ।

cura insider

यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेल्जियमका नवनियुक्त उपप्रधानमन्त्री तथा विदेशमन्त्री सोफी विम्सलाई बधाई दिएका छन्  । नेपाल र बेल्जियमबीचको सम्बन्धका साथै द्विपक्षीय व्यापार र लगानी उनको कार्यकालमा अझ सुदृढ हुने विश्वास मन्त्री ज्ञवालीले बधाई सन्देशमा उल्लेख गरेका छन् ।

jackson ribon