birat ribon

आईपीएल : राजस्थानलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

Neuro
आईपीएल : राजस्थानलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

विराटनगर, २१ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविकको विजेता मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले हराउँदै मुम्बईले शीर्ष स्थान बनाएको हो ।

शेख जायद रंगशालामा मुम्बईले दिएको १९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा अलआउट हुँदै १३६ रनमै सीमित भयो ।

cura insider

मुम्बईका जोस बट्लरले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा पनि टोलीको हार टार्न सकेनन् । यस्तै जोफ्रा अर्चरले २४ रन बनाउँदा टोम कुरानले १५ रन जोडे । महिपाल लोम्रोरले ११ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

राजस्थानलाई सस्तैमा समेट्न जस्प्रित बुमराहले ४ विकेट लिँदा ट्रेन्ट बल्ट र जेम्स पेटिन्सनले समान २–२ विकेट झारे । राहुल चाहार र किरोन पोलार्डको नाममा समान १–१ विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभर खेल्दा ४ विकेटको क्षतिमा १९३ रन बनायो । मुम्बईका लागि सूर्यकुमार यादवले अर्धशतकीय इनिङ्स खेले । ४७ बल खेलेका उनले ११ चौका र २ छक्कका सहायतामा अजिवित ७९ रन जोडे ।

यस्तै कप्तान रोहित शर्माले ३५ रन बनाउँदा हार्दिक पाण्ड्याले अजिवति ३० रन बनाए । क्वीन्टन डी ककले २३ रन जोड्दा क्रुनाल पाण्ड्या १२ रनमा आउट भए । इशान किसान भने शून्य रनमै पेभिलियन फर्किए ।

राजस्थानका श्रेयस गोपालले दुई विकेट लिँदा कार्तिक त्यागी र जोफ्रा अर्चरले समान एक–एक विकेट लिए ।

यससँगै ६ खेलबाट ८ अंक जोड्दै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । पराजित राजस्थान भने ५ खेलबाट ४ अंकका साथ सातौं स्थानमा छ ।

jackson ribon