birat ribon

आईपीएल : सूर्यकुमारको अर्धशतकमा राजस्थानसामु मुम्बईको १९४ रनको लक्ष्य

Neuro
आईपीएल : सूर्यकुमारको अर्धशतकमा राजस्थानसामु मुम्बईको १९४ रनको लक्ष्य

विराटनगर, २० असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) साविकको विजेता मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १९४ रनको लक्ष्य दिएको छ ।

मंगलबार शेख जायद रंगशालामा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभर खेल्दा ४ विकेटको क्षतिमा १९३ रन बनायो । मुम्बईका लागि सूर्यकुमार यादवले अर्धशतकीय इनिङ्स खेले । ४७ बल खेलेका उनले ११ चाैका र २ छक्कका सहायतामा अजिवित ७९ रन जाेडे ।

cura insider

यस्तै कप्तान रोहित शर्माले ३५ रन बनाउँदा हार्दिक पाण्ड्याले अजिवति ३० रन बनाए । क्वीन्टन डी ककले २३ रन जोड्दा क्रुनाल पाण्ड्या १२ रनमा आउट भए । इशान किसान भने शून्य रनमै पेभिलियन फर्किए ।

राजस्थानका श्रेयस गोपालले दुई विकेट लिँदा कार्तिक त्यागी र जोफ्रा अर्चरले समान एक–एक विकेट लिए ।

मुम्बई यस खेलमा शीर्ष स्थानमा उक्लिने दाउमा छ । ऊ हाल ६ अंकसहित दोस्रो स्थानमा छ । यता, राजस्थान भने ४ अंकका साथ पाँचौं स्थानमा छ ।

प्रतियोगिताको पाँच खेल खेलिसकेको मुम्बईले तीनमा जित र दुईमा हार भोगेको छ भने चार खेल खेलेको राजस्थानले दुईमा जित र दुईमा हारसहितको मिश्रित नतिजा आत्मसाथ गरेको छ ।

jackson ribon