birat ribon

स्वारेजको जर्सी ब्रेथवेटलाई

Neuro
स्वारेजको जर्सी ब्रेथवेटलाई

विराटनगर, २० असोज । बार्सिलोनामा लुइस स्वारेजको जर्सी नम्बर ९ अब मार्टिन ब्रेथवेटले लगाउने भएका छन् । बार्सिलोनाले मंगलबार २०२०–२१ को सिजनको पहिलो टोली घोषणा गर्दै जर्सी नम्बर ९ ब्रेथवेटलाई दिइएको जानकारी दिएको हो ।

उरुग्वेका स्टार स्वारेज यसै समर ट्रान्सफरमा बार्सिलोना छोडेर एथ्लेटिको मड्रिड गएका हुन् । अघिल्लो साता मात्र ३३ वर्षीय स्वारेजले डीएगो सिमोन नेतृत्त्वको टोली एथ्लेटिकोसँग २ वर्षे सम्झौता गरेका हुन् ।

cura insider

सन् २०१४ मा लिभरपुलबाट बार्सिलोनामा अनुबन्ध भएका उनले छ वर्षे क्याप नोउ बसाइ बिट मारेपछि उनको जर्सी ब्रेथवेटलाई दिइने भएको हो । डेनिस खेलाडी ब्रेथवेट यसै वर्ष क्याप नोउ आएका हुन् ।

jackson ribon