birat ribon

भारतले बनायो गर्भ जाँच गर्ने जस्तो कोरोना परीक्षण गर्ने सस्तो र विश्वसनीय विधि

Neuro
भारतले बनायो गर्भ जाँच गर्ने जस्तो कोरोना परीक्षण गर्ने सस्तो र विश्वसनीय विधि

विराटनगर, २० असोज । भारतले कोरोना भाइरस परीक्षणका लागि गर्भ जाँच्न प्रयोग गरिने जस्तो विधि विकास गरेको छ ।

भारतका वैज्ञानिकहरूले कोरोना भाइरस परीक्षणका लागि गर्भ जाँच्न प्रयोग गरिने विधिले जस्तै सस्तो र एक घण्टाभित्र परिणाम दिन सक्ने सस्तो प्रविधिको विकास गरेका हुन् ।

cura insider

वैज्ञानिकहरूले ‘फेलुदा’ नाम राखेको उक्त उपकरण पाचँ सय भारतीय रुपैयाँ पर्ने अनुमान गरेका छन् ।

फेलुदाको विकास गरेको दिल्लीस्थित सीएसआईआरअन्तर्गत रहेको इन्स्टिट्यूट अफ जीनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी (आईजीआईबी)का अनुसन्धानकर्ताहरू र निजी प्रयोगशालाहरूले करिब दुई हजार बिरामीबाट संकलित नमूना परीक्षण गरेपछि परीक्षणमा ९६ प्रतिशत संवदेनशीलता र ९८ प्रतिशत विशेषता रहेको पत्ता लगाएका छन् ।

परीक्षणको सुनिश्चितता यही दुईवटा कुरामा आधारित हुन्छ ।

भारतको टाटा कम्पनीले उत्पादन गर्ने फेलुदा कोभिड १९ को परीक्षणको निम्ति कागजमा आधारित विश्वकै पहिलो परीक्षण विधि हुनेछ ।

भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार प्राध्यापक के विजय राघवनले सजिलो, विश्वसनीय, पहुँचयुक्त र सस्तो परीक्षण रहेको बताएका छन् ।

भारतको औषधिसम्बन्धी नियामक निकायले व्यवसायिक प्रयोगको निम्ति उक्त उपकरणलाई अनुमतिसमेत दिइसकेको छ ।

फेलुदा तुलनात्मक रूपमा सस्तो र थप विश्वसनीय रहेकाले त्यसले एन्टिजेन परीक्षणलाई विस्थापपित गर्नसक्ने ग्लोबल हेल्थ एन्ड हेल्थ पोलिसीका अनुसन्धानकर्ता डा. अनन्त भानको विश्वास छ ।

आईजीआईबीका निर्देशक डा. अनुराग अग्रवालका अनुसार नयाँ परीक्षण पीसीआर जस्तै विश्वासनीय छ, यो छिटो र सुविधासम्पन्न मेशिन नभएका प्रयोगशालामा पनि गर्न सकिन्छ ।

फेलुदा परीक्षणको निम्ति नमूना संकलन गर्ने विधि पनि पीसीआरको जस्तै छ । फेलुदा जस्ता उपकरणको प्रयोगमा जिनमा आधारित क्रिस्पर प्रविधिले जस्तै कागजमा भाइरसको संकेत दिन्छ ।

कागजमा दुई वटा निला रेखाले पोजटिभ र एउटा रेखाले नतिजा नेगटिभ आएको संकेत गर्छ ।

सीएसआईआर-आईजीबीएमआर का मलेक्यूलर वैज्ञानिक तथा फेलुदाको विकास गरेको समूहमा संलग्न डा. देवोज्योति चक्रवर्तीले उपकरण र जनशक्तिका कारण परीक्षण सीमित नहोस् भनेर सरल, सस्तो र ठीक परीक्षणको निम्ति प्रयास गरिरहेको बताए ।

jackson ribon