birat ribon

नेकपा सचिवालय बैठक : संवैधानिक र राजनीतिक नियुक्तिका विषयमा छलफल

Neuro
नेकपा सचिवालय बैठक : संवैधानिक र राजनीतिक नियुक्तिका विषयमा छलफल

काठमाडाैं, २० असाेज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संवैधानिक नियुक्ति र राजनीतिक नियुक्तिका विषयमा छलफल भएको छ ।

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले एक्लौटी ढंगबाट राजदूत नियुक्त गरेपछि नेकपाका नेताहरू असन्तुष्ट बनेका थिए ।

cura insider

प्रधानमन्त्री ओलीले तीन देशका लागि एक्लौटी ढंगबाट राजदूत नियुक्त गरेको आरोप नेताहरूले लगाएपनि सचिवालय बैठकमा भने सामान्य छलफल मात्रै भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

राजदूत नियुक्तिका विषयमा सामान्य छलफल भएपनि त्यस्ता निर्णयहरू गर्दा सरकारलाई सुझाव दिने विषयमा अर्को बैठकमा छलफल हुने उनले बताए ।

मन्त्रिपरिषद हेरफेरको विषयमा मंगलबार कुनै पनि छलफल नभएको उनले बताए ।

यसअघि बसेको सचिवालय बैठकले सैद्धान्तिक र नीतिगत रूपमा छलफल गरेपनि अध्यक्षद्वय ओली र पुष्पकमल दाहालको गृहकार्य जारी रहेकाले आज कुनै छलफल नभएको उनले बताए ।

बैठकले डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ औं अनसन बसेका केहीको अधिकांश माग पूरा भएको र केही पुरा हुने क्रममा रहेकाले अनसन तोड्न नेकपा सचिवालय आग्रह गरेको हो ।

अहिले कोरोनाले देशलाई अफ्ठ्यारो पारेको अवस्थामा कोरोना नियन्त्रण र रोकथाममा सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्ने भएकाले छलफल गर्नुपर्ने अन्य विषयमा छलफल गर्न सकिने उनले बताए ।

सांगठनिक एकीकरणको विषयमा पनि अध्यक्षद्वयबीच गृहकार्य जारी रहेको उन बताए ।

jackson ribon