birat ribon

दसैंमा यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा

Neuro
दसैंमा यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा

काठमाडाैं, २० असाेज । दसैंमा लामो र मध्यम दूरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा परेको छ । यातायात व्यवस्था विभागले यात्रुको चापको अवस्थालाई हेर्दा अग्रिम टिकट बुकिङको आवश्यकता नै नपर्ने देखिएको बताएको छ ।

विभागका निर्देशक डा. लोकनाथ भुसालले अग्रिम टिकट बुकिङ खुल्ला गर्ने वा नगर्ने सम्बन्धमा व्यवसायीहरूसँग छलफल गरेर मात्रै निर्णयमा पुगिने बताएका छन् ।

cura insider

यस वर्षको दसैंमा ४-५ लाखको सख्यामा मात्रै यात्रु बाहिरिने देखिएकोले अग्रिम टिकट बुकिङ आवश्यक नपर्ने देखिएको उनले बताए ।

अहिले पनि काठमाडौंबाट मध्यम र लामो दूरीका सवारी साधनमा आधा संख्यामा पनि यात्रु उपलब्ध नभएको पाइएको उनले बताए ।

तरपनि २५ गतेपछि यात्रुको संख्या बढ्ने सम्भावना देखिएकाले टिकङ बुकिङको व्यवस्था कसरी मिलाउने भन्ने सम्बन्धमा व्यवसायीहरूसँग छलफल गरी टुंगोमा पुगिने उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमणको स्थितिलाई हेरेर आफू जहाँ छौं त्यहीँ दशैं मनाउन अर्थात् यात्रा नगर्न आग्रह गरेकाले पनि मानिसहरूको आवागमन कम हुने आँकलन आफूहरूको रहेको भुसालले बताए ।

तर अग्रिम टिकट बुकिङको व्यवस्था नभएपनि दसैंमा घर जान चाहने यात्रुलाई व्यवस्थित रूपमा सुरक्षित तरिकाले सरकारले तोकेको भाडादरमा सहजै यात्रा गर्न पाउने व्यवस्था मिलाउने उनले बताए ।

गत वर्ष दसैंको बेलामा करिब २० लाख मानिसहरू काठमाडौंबाट बाहिरिएका थिए । तर अहिले ४-५ लाखको संख्यामा मात्रै यात्रु बाहिरिने सम्भावना देखिएकाले अग्रिम टिकट बुकिङको आवश्यकता नपर्ने देखिएको भुसालको भनाइ छ ।

jackson ribon