birat ribon

अक्टोबरको अन्त्यमा लगनगाँठो कस्दै काजल

Neuro
अक्टोबरको अन्त्यमा लगनगाँठो कस्दै काजल

विराटनगर, २० असोज । साउथ फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्री काजल अग्रवाल चाँडै एक वैवाहिक जीवनमा बाँधिने भएकी छन् ।

अभिनेत्री काजल स्वयंले आफ्नो इन्स्टाग्राममा एक पोस्ट सार्वजनिक गर्दै आफूले गौतम किचलूसँग विवाह गर्न लागेको जानकारी दिएकी हुन् । किचलू पेशाले ब्यापारी हुन् ।

cura insider

उनले विवाहको मितिसमेत सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको पोस्टका अनुसार आउँदो ३० अक्टोबरमा विवाह गर्ने तय भएको हो ।

विवाहको बारेमा जानकारी दिँदै उनले कोरोनाका कारण विवाह समारोहमा दुई पक्षका परिवारका सदस्यको मात्र उपस्थिति रहने बताएकी छन् ।

काजल आफ्नो जीवनलाई नयाँ तरिकाले सुरु गर्न उत्साहित छिन् ।

साथै, उनले विवाहपछि पनि अभिनय गरिरहने र दर्शकहरूलाई मनोरञ्जन गराइरहने घोषणा गरेकी छन् ।  

काजल लकडाउन अगाडि शंकरले निर्देशन गर्ने ‘इन्डियन’ को छायांकनमा व्यस्त रहेकी थिइन् ।

jackson ribon