birat ribon

हरिवंश र उनकी श्रीमतीमा कोरोना संक्रमण

Neuro
हरिवंश र उनकी श्रीमतीमा कोरोना संक्रमण

विराटनगर, २० असोज । कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला थापा आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार पीसीआर परीक्षण गराउँदा मंगलबार रिपोर्ट पोजिटिभ आएको हरिवंशले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

cura insider

‘सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरी श्रीमती रमिलाको कोरोना परीक्षण गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो’, हरिवंशले लेखेका छन्, ‘हाम्रो स्वास्थ्य अवस्था सामान्य छ । हामीसँग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरूले होम आइसोलेशनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला ।’

सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं | हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि…

Posted by Hari Bansha Acharya on Tuesday, October 6, 2020

jackson ribon