birat ribon

सरकार खाद्यान्न अभाव हुन नदिन लागिपरेको छ : मन्त्री भट्ट

Neuro
सरकार खाद्यान्न अभाव हुन नदिन लागिपरेको छ : मन्त्री भट्ट

गोदावरी, २० असाेज । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशभर खाद्यान्न अभाव हुन नदिन सरकार लागिपरेको बताएका छन् ।

प्रेस सङ्गठन नेपाल कैलालीद्वारा मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

cura insider

चाडपर्वका बेला खाद्यान्न अभाव हुने दुर्गम जिल्लामा सरकारले खाद्यान्न अभाव नहुने गरी व्यवस्थापन गरिरहेको उनकाे भनाइ थियो ।

देशका दुर्गम जिल्लामा खाद्यान्नको अवस्थाका बारेमा सरकारले जानकारी लिने गरेको बताउँदै उनले वर्षभरी खाद्यान्न अभाव हुन नदिन सरकारले व्यवस्थापनको काम गरिरहेको बताए ।

मन्त्री भट्टले कोरोनाका बेला पनि देशैभर आपूर्तिको समस्या नभएको उल्लेख गर्दै चाडपर्वका बेलामा हुने कालोबजारी नियन्त्रणका लागि देशभर बजार अनुगमनलाई प्रभावकारी बनाइने बताए ।

महँगी नियन्त्रणका लागि सरकार लागिपरेको समेत दाबी गर्दै मन्त्री भट्टले कोरोना भाइरसका कारण देशको अर्थतन्त्रमा नराम्रो प्रभाव परेको र त्यसलाई चलायमान बनाउन सरकार अघि बढेको बताए ।

कोरोनाका कारण उद्योग, कलकारखाना पूर्ण रुपमा सञ्चालनमा आउन नसेको बताउँदै उनले नेपाल सरकारको मातहतमा रहेका उद्योगको स्तरवृद्धि गर्न मन्त्रालयले समिति गठन गरेको धारणा व्यक्त गरे । रासस

jackson ribon