birat ribon

कोरोनाका कारण फ्रेन्चाइज लिग मारमा

Neuro
कोरोनाका कारण फ्रेन्चाइज लिग मारमा

विराटनगर, २० असाेज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटले यति बेला क्रिकेटको माहोल विश्वभर बनाएको छ ।

महामारीबीच उच्च सतर्कता अपनाउँदै क्रिकेट सञ्चालन सम्भव छ भन्ने सन्देश पनि आईपीएलले दिएको छ । तर, कोरोनाका कारण नेपालमा तय भएका मुख्य तीन चर्चित क्रिकेट लिग, धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगको मिति अनिश्चित छ ।

cura insider

कोरोनाको चपेटामा परेका आयोजकले सकारबाट अनुमति पाए विकल्पको बाटो खोजेर प्रतियोगिता सञ्चालन गर्न सक्ने दाबी गरेका छन् । मुखैमा आएको एभरेष्ट प्रिमियर लिग कोरोनाका कारण अनिश्चितकालका लागि स्थगित भयो ।

वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेल नेपालमा आउने चर्चा निकै थियो । तर कोरोना महामारीले प्रतियोगिता हुन नपाउँदा आयोजकले गरेको प्रचारबाजी प्रचारमा नै सीमित भयो । लाखौं खर्चेर गरिएको कार्यक्रमलाई कोरोनाको कारण स्थगित गर्नुपर्यो ।

नेपालमा फ्रेन्चाईज लिगको अवधारणासहित स्थापित भएको धनगढी प्रिमियर लिग पनि आइतबार विज्ञप्ती जारी गरेर अनिश्चितकालका लागि स्थगित भइसकेको छ । प्रतियोगिता अनिश्चतकालका लागि स्थगित गर्नुपर्दा खेलाडीदेखि विज्ञापनदाता, आयोजक सबै मारमा परेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए ।

कार्तिक महिनामा खेल तालिका भएको पोखरा प्रिमियर लिग पनि सञ्चालन हुने कुनै सुरसार छैन । आयोजकले अहिलेको अवस्थालाई नियाल्दै आयोजना गर्न नसक्ने बताउँदै आएको छ । यसले नेपालमा सहज तरिकाले क्रिकेट फर्किनेमा आशंक धेरै छ ।

महामारीका बीच इन्डियन प्रिमियर लिग नयाँ अवधारणका साथ सञ्चालन हुँदा नेपालमा पनि प्रतियोगिता सञ्चालन गर्न विकल्पको बाटो खोज्नु पर्ने शाहीले बताए ।

नेपालमा क्रिकेट संघको अस्तित्व नहुँदाको अवस्थामा क्रिकेट चलायमान गराएका यस्ता प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले क्यालेन्डरमा समावेश गरेर सञ्चालनको वातावरण गराउनु पर्ने कतिपयले सुझाउँदै आएका छन् ।

महामारीको अवस्थालाई उच्च सतर्कता अपाउनाउँदै खेलकुद गतिविधि सुचारु गर्नु पर्ने विज्ञले सुझाव दिइरहेका छन् । सरकारले महामारीलाई कारण देखाएर खेलकुद गतिविधि रोक्नु खेलकुदका लागि अन्याय हुन्छ ।

त्यसैले आवश्यक मापदण्ड तोकेर कडाइका साथ लागू गरी खेलकुद गतिविधि चलायमान बनाउनु आवश्यक देखिन्छ ।

jackson ribon