birat ribon

काठमाडौंमा ७८३ सहित उपत्यकामा थपिए एक हजार १७ संक्रमित

Neuro
काठमाडौंमा ७८३ सहित उपत्यकामा थपिए एक हजार १७ संक्रमित

काठमाडौं, २० असोज । काठमाडौं उपत्यकामा आइतबार थप १ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार १७ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

cura insider

आज थपिएका संक्रमितहरू काठमाडौंका ७८३ जना, भक्तपुरका ११६ जना र ललितपुरका ११८ जना रहेका छन् ।

मंगलबार थप १५ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या संख्या ६७ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २३ सय ४० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

कुल संक्रमितमध्ये ७४.३ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले जानकारी दिए ।

jackson ribon