birat ribon

आज थप ९ जनाको कोरोनाबाट मृत्यु

Neuro
आज थप ९ जनाको कोरोनाबाट मृत्यु

विराटनगर, २० असोज । नेपालमा मंगलबार थप ९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका क्रमा थप ९ जनाको कोरोनाबाट ज्यान गएको जानकारी दिएको छ ।

cura insider

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

मंगलबार थप १५ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या संख्या ६७ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २३ सय ४० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

कुल संक्रमितमध्ये ७४.३ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले जानकारी दिए ।

jackson ribon