birat ribon

आज २३ सय ४० संक्रमित निको भए

Neuro
आज २३ सय ४० संक्रमित निको भए

विराटनगर, २० असोज । नेपालमा मंगलबार २३ सय ४० थप संक्रमित कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २३ सय ४० जना निको भएको जानकारी दिएको छ ।

cura insider

यससँगै कोरोनामुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ । कुल संक्रमितमध्ये ७४.३ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले जानकारी दिए ।

मंगलबार थप १५ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।

मंगलबार थप ९ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ५६३ पुगेकाे छ ।

jackson ribon