birat ribon

नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो

Neuro
नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो

विराटनगर, २० असोज । नेपालमा मंगलबार थप १५ सय ५१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४७ जनाको परीक्षणमा थप १५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

cura insider

यससँगै कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या संख्या ६७ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २३ सय ४० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

कुल संक्रमितमध्ये ७४.३ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले जानकारी दिए ।

मंगलबार थप ९ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ५६३ पुगेकाे छ ।

jackson ribon