birat ribon

माल्दिभ्सका पूर्वउपराष्ट्रपतिलाई २० वर्ष जेल सजाय सुनाइयो

Neuro
माल्दिभ्सका पूर्वउपराष्ट्रपतिलाई २० वर्ष जेल सजाय सुनाइयो

विराटनगर, २० असाेज । माल्दिभ्सका पूर्वउपराष्ट्रपति अहमद अदीबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको छ ।

अदालतका अधिकारीहरूले मङ्गलबार दिएकाे जानकारीअनुसार फौजदारी अदालतले सत्तामा रहेका समय राज्यको पर्यटन प्रवर्द्धकहरूबाट घुस स्वीकार गरेको आरोपमा एक लाख २९ हजार अमेरिकी डलर जरिवानासहित जेल सजाय सुनाएको हो ।

cura insider

सन् २०१५ मा माल्दिभ्सका शक्तिशाली पूर्वराष्ट्रपतिलाई बम प्रहार गरी हत्या गर्न खोजेको आरोपमा जेल चलान नगर्दासम्म अदीब पूर्व राष्ट्रपति अब्दुल्ला यमीनको घनिष्ठ सहयोगी मानिन्थे ।

उनीमाथि रिसोर्ट निर्माण तथा विकासका लागि टापु भाडामा दिने र पर्यटन कम्पनीहरूबाट कमिसन (व्यवसायिक रकम) प्राप्त गर्न राज्यलाई दुई करोड ६० लाख डलरको घाटा हुनेगरी निर्णय गरेको अभियोग लागेको थियो ।

अदीब उपराष्ट्रपति रहेका समय राष्ट्रपति रहेका यमीनलाई सन् २०१३ देखि २०१८ सम्मको उनको कार्यकालमा कालो धन जम्मा गरेको आरोपमा दोषी ठहर भएपछि गत वर्षको नोभेम्बरदेखि नै पाँच वर्ष जेल सजाय सुनाइएको थियो । यमीन अहिले जेलमै छन् ।

सन् २०१५ को सेप्टेम्बरमा राष्ट्रपतिको डुंगामा भएको विस्फोटपछि यमीनको हत्या गर्ने प्रयास गरेको आरोपमा अदीबलाई १५ वर्षको जेल सजाय सुनाइएको थियो ।

यद्यपि, सन् २०१८ को पुनः निर्वाचनमा अभियानमा यमीनको पराजयपछि अदीबमाथि लागेको हत्या प्रयासको आरोप हटाइएको थियो । रासस

jackson ribon