birat ribon

महामारीको बेलामा बच्चा जन्माउने परिवारलाई भत्ता दिइने

Neuro
महामारीको बेलामा बच्चा जन्माउने परिवारलाई भत्ता दिइने

विराटनगर, २० असोज । महामारीको बेलामा बच्चा जन्माउने परिवारलाई सिंगापुर सरकारले भत्ता दिने भएको छ ।

बीबीसीमा उल्लेख गरेअनुसार कोरोना भाइरसको संक्रमण फैलिएको भए पनि मानिसहरूलाई बच्चा जन्माउन प्रोत्साहित गर्नका लागि सिंगापुर सरकारले एक पटकका लागि भत्ता दिने प्रस्ताव गरेको हो । सिंगापुरमा संसारकै कममध्ये जन्मदर भएको हुँदा यसलाई बढाउन दशकौँदेखि सरकार संघर्ष गरिरहेको छ ।

cura insider

आर्थिक संघर्ष गर्नुपर्ने तथा जागिर गुमाउने नागरिकहरूले सन्तान पाउने योजना स्थगित गरिरहेकोमा सरकार चिन्तित भएको छ । सिंगापुरका उपप्रधानमन्त्री हेङ स्वी कीटले कोभिडका कारण बच्चा पाउन चाहने कतिपय अभिभावकले उक्त योजनालाई स्थगित गर्न चाहेको प्रतिक्रिया पाएको बताएका छन् ।

उनका अनुसार महामारीमा बच्चा जन्माउन चाहने अभिभावकलाई कति र कसरी रकम उपलब्ध गराइनेछ भन्नेबारे विस्तृत विवरण पछि जानकारी गराइने छ । सिंगापुर सरकारले हाल ‘बेबी बोनस सिस्टम’ अन्तर्गत योग्य अभिभावकलाई १० हजार अमेरिकी डलरसम्म उपलब्ध गराउँदै आएको छ । बच्चा जन्माउन प्रोत्साहनस्वरूप सिंगापुर सरकारद्वारा दिँदै आइएको बोनसबाहेक अतिरिक्त रकम दिन लागिएको हो ।

सिंगापुरका केही छिमेकी देशमा भने उल्टो समस्या देखिएको छ । फिलिपिन्समा महामारी नियन्त्रणका लागि गरिएको हिँडडुलमा प्रतिबन्धहरूमा वर्षको अन्त्यसम्म कायम रहे पाँच लाखदेखि २५ लाखसम्म अनिच्छित गर्भ रहने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले जनाएको छ । फिलिपिन्सस्थित राष्ट्रसंघीय निकायका प्रवक्ता ऐमी सान्तोसले यो संख्या आफैँमा महामारी रहेको बताएका थिए ।

jackson ribon