birat ribon

आईपीएल : मुम्बई र राजस्थान भिड्दै

Neuro
आईपीएल : मुम्बई र राजस्थान भिड्दै

विराटनगर, २० असोज । इन्डियन प्रिमियर लिल (आईपीएल) ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको मुम्बई इन्डियन्सले आफूभन्दा एक खेल कम खेलेको राजस्थान रोयल्ससँग आज शेख जायद रंगशालामा खेल्दैछ ।

बेलुका ७ः४५ मा हुने यी दुईबीचको खेल जारी आईपीएलको २०औं खेल हो । प्रतियोगिताको पाँच खेल खेलिसकेको मुम्बईले तीनमा जित र दुईमा हार भोगेको छ भने चार खेल खेलेको राजस्थानले दुईमा जित र दुईमा हारसहितको मिश्रित नतिजा आत्मसाथ गरेको छ ।

cura insider

हार भोग्दै आईपीएल यात्रा सुरु गरेको मुम्बई पहिले खेलमा चेन्नईसँग पाँच विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा कोलकताविरुद्ध ४९ रनको जित निकाल्दै लय फर्किएको संकेत गरेको मुम्बई तेस्रो खेलमा बैंग्लोरलाई सुपर ओभरमा अंक सुम्पिन बाध्य बन्यो ।

आफ्नो चौथो र पाँचौ खेलमा जित निकालेको मुम्बई आजको खेलमा जित निकाल्दै विजय यात्रा लम्ब्याउने दाउमा हुनेछ । चौथो खेलमा पञ्जाबलाई ४८ रनले हराएको मुम्बईले पाँचौ खेलमा हैदराबादविरुद्ध ३४ रनको जित दर्ता गरेको थियो ।

यता, मुम्बईभन्दा एक खेल कम खेलेको राजस्थान आफ्नो गुमेको फर्म फिर्ता ल्याउँदै साख जोगाउन चाहन्छ । प्रतियोगिताको सुरुआती दुई खेल जित्दै उत्कृष्ट लयमा रहेको संकेत गरेको राजस्थान कोलकतासँग ३७ रनले पराजित भएको थियो ।

आफ्नो पहिलो खेलमा चेन्नईलाई १६ रनले पाखा लगाउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको राजस्थानले दोस्रो खेलमा पञ्जाबलाई चार विकेटले स्तब्ध बनाएको थियो । तर विजयी यात्रा जारी राख्न असफल बनेको राजस्थान चौथो खेलमा कोलकता र पाँचौ खेलमा कोहली नेतृत्वको बैंग्लोरसँग आठ विकेटले पराजित बन्यो ।

आजको खेल जित्दै महत्वपूर्ण दुई अंक बटुलेर तालिकामा आफ्नो स्थान सुधार गर्न यी दुवै टोली लागि पर्नेछन् । तर खेलमा को सफल हुने हो त्यसको निर्णय लागि आजको खेलको नतिजाले दिनेछ ।

हेट–टु–हेड

आईपीएलमा हालसम्म २१ पटक आमनेसामने भइसकेका यी दुई टोलीबीचको हेड–टु–हेडको नतिजा समान छ । त्यसैले पनि आज दुवै टोलीलाई खेल जित्दै अग्रता लिने मौका छ । २००९ आईपीएलको एक खेल नतिजाविहिन हुनुबाहेक यी दुवै टोलीले समान १० खेल आ–आफ्नो पक्षमा पारेका छन् ।

निकै प्रतिस्पर्धात्मक हुने यी दुईबीचको पछिल्ला ६ खेलको नतिजाले भने मुम्बईविरुद्ध राजस्थान भारी भएको देखिन्छ । २०१५, २०१८ र २०१९ मा यी दुईले एकअर्काविरुद्ध खेलेको नतिजा फर्किएर हेर्ने हो भने राजस्थानले ६ मध्ये पाँच खेल जितको छ । अघिल्ला दुई संस्करणमा यी दुई बीच भएका चार भेटमा मुम्बई राजस्थानसामु निरीह बनेको नतिजाले देखाउँछ ।

राजस्थानविरुद्ध मुम्बई पछिल्लो पटक २०१५ मा आठ रनको जित निकाल्नुबाहेक त्यस यता भने सफल हुन सकेको छैन ।

आईपीएलमा राजस्थान र मुम्बईका पछिल्ला सात खेल

राजस्थानको आईपीएलका पछिल्ला सात खेलको नतिजा हेर्ने हो भने उसले तीन जित र तीन हारसहितको मिश्रित नतिजा आत्मसाथ गरेको छ । २०१९ आईपीएलको ४९औं खेलमा बैंग्लोरसँग भएको खेल वर्षाको कारण रद्द भएपछि राजस्थान र बैंग्लोरबीचको उक्त खेल नतिजाविहीन बनेको थियो ।

यता मुम्बई भने पछिल्ला सात खेलमा निकै सफल भएको देखिन्छ । अघिल्लो संस्करणको च्याम्पियनसमेत रहेको मुम्बईले पछिल्ला सात खेलमा पाँच जित र दुई हार भोगेको छ । पछिल्ला दुई हार मुम्बईले यसै संस्करणको आईपीएलको आफ्नो पहिलो र तेस्रो खेलमा भोगेको हो ।

निकै फर्ममा देखिएको मुम्बईले प्रतियोगितामा सुरुआत राम्रो गरेर पनि पछिल्ला खेलमा डगमगाएको राजस्थानविरुद्ध जित दर्ता गर्ला ? के राजस्थानले आफ्नो गुमेको लय आजको खेलमा मुम्बईलाई हराउँदै फिर्ता ल्याउँला ? यसको जवाफ आजको खेलपछि मात्रै थाहा हुनेछ ।

शेख जायद रंगशालामा यी दुई हालसम्मको प्रदर्शन

आज खेल हुने शेख जायद रंगशालामा मुम्बईभन्दा राजस्थान सफल छ भन्ने यी दुईले यस रंगशालामा खेलेको खेलको नतिजाले स्पष्ट पार्छ । हालसम्म शेख जायद रंगशालामा चार खेल खेलिसकेको मुम्बईले दुई जित र दुईमा हार भोगेका छ ।

२०१४ मा पहिलो पटक कोलकतासँग यस रंगशाला खेलेको मुम्बई ४१ रनले पराजित भएको थियो । त्यसयता जारी संस्करणमा आफ्नो तीन खेल यहीँ रंगशालामा खेलेमा मुम्बईले चेन्नईसँग पाँच विकेटको हार भोगेको थियो भने कोलकतालाई ४९ रन र पञ्जाबलाई ४८ रनले पराजित गरेको छ ।

मुम्बईको आजको प्रतिद्वन्द्वी राजस्थान भने यस रंगशालामा केही हदसम्म सफल छ । जारी संस्करणको एक खेल शेख जायदमा खेलिसकेको राजस्थानले बैंग्लोरसँग आठ विकेटको हार भोगेको छ ।

तर २०१४ मा यहीँ रंगशालामा तीन खेल खेलेको राजस्थानले तीनै खेलमा जित निकालेको थियो । हैदराबादलाई चार विकेटले, बैंग्लोरलाई ६ विकेटले र कोलकतालाई ‘बाउन्ड्री काउन्ट’ मा हराएको राजस्थान आफ्नो सोही प्रदर्शन शेख जायदमा दोहोर्‍याउन चाहन्छ ।

jackson ribon