birat ribon

अश्लील, दोहोरो अर्थको सामग्रीका कारण कपिल शर्माको शोमा गइनँ : मुकेश खन्ना

Neuro
अश्लील, दोहोरो अर्थको सामग्रीका कारण कपिल शर्माको शोमा गइनँ : मुकेश खन्ना

विराटनगर, २० असोज । अभिनेता मुकेश खन्नाले ‘द कपिल शर्मा शो’ को आलोचना गर्दै ‘महाभारत’को कास्ट बोलाएको एपिसोडमा नगएको कुरा प्रष्ट गरेका छन् ।

महाभारतमा भीष्म पितामहको भूमिका निर्वाह गरेका मुकेश खन्नाले आफ्नो इन्ट्राग्राममार्फत् कपिल शर्माको शोमा जाने निम्तो आउँदा पनि आफू नगएको बताउँदै शोको आलोचना गरेका हुन् । महाभारतको कास्ट बोलाएको शोमा भीष्म पितामह किन गएनन्, उनलाई शोमा आउने निम्तो नदिएको वा निम्तो आउँदा पनि अस्वीकार गरेको प्रश्नहरू भाइरल भइरहेका छन् ।

cura insider

साथै, उनलाई मानिसहरूले कपिल शर्माको शोमा जान किन अस्वीकार गरेको भनेर सोधिरहेका छन् । कपिल शो देशभरि चर्चित भए पनि योभन्दा वाहियात शो अरु कुनै नलागेको कारण आफू नगएको खुलाएका छन् । उनी अगाडि लेख्छन्, ‘मूर्खताले भरिएको, दोहोरो अर्थ भएको र प्रत्येक पल अश्लीलतातर्फ मोडिएको शो जसमा पुरुषले महिलाको कपडा लगाउँछन् र मानिसहरू पेट समातेर हाँस्छन् ।’

कार्यक्रममा मानिसहरु किन हाँस्छन् भन्ने कुरा हालसम्म बुझ्न नसकेको उनको भनाइ छ । कार्यक्रमका विशेष अतिथिमा रहेकी अर्चना पुरन सिंहलाई पनि जोड्दै हाँस्न मन नलागे पनि पैसाका लागि उनीहरूको काम हाँस्नु हो । मुकेश खन्नाले ‘रामायण’ एपिसोडको उदाहरण दिँदै भगवान रामको भूमिका खेल्ने अरुण गोविललाई कपिलले सोधिएको प्रश्नको जवाफ आफूले दिनु परे कपिललाई मुख भरीको जवाफ दिने हुँदा यसकारण आफू सोमा नगएको लेख्दै कुरा टुंग्याएका छन् ।

jackson ribon