birat ribon

संसारमा हरेक १० मध्ये एकलाई कोभिड संक्रमण : डब्लुएचओ

Neuro
संसारमा हरेक १० मध्ये एकलाई कोभिड संक्रमण : डब्लुएचओ

विराटनगर, २० असोज । संसारमा हरेक १० मध्ये एक व्यक्तिमा कोभिडको संक्रमण भएको हुन सक्ने बताइएको छ ।

बीबीसीमा उल्लेख गरेअनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लिडर्सको एक विशेष बैठकमा संसारमा हरेक १० मध्ये एक व्यक्तिमा कोभिडको संक्रमण भएको हुन सक्ने बताएको हो । हालसम्म ३.५ करोड मानिस कोरोना संक्रमित भएको पुष्टि भए पनि डब्ल्यूएचओले संक्रमितको वास्तविक संख्या ८० करोड नजिक हुन सक्ने बताएको छ ।

cura insider

विशेषज्ञहरूले लामो समयदेखि नै दर्ता गरिएका संक्रमितभन्दा वास्तवमा संक्रमितको संख्या बढी हुन सक्ने बताउँदै आएका छन् । डब्ल्यूएचओका हेल्थ इमर्जेन्सी प्रोग्रामका कार्यकारी निर्देशक माइक रयानले संसारको एउटा ठूलो हिस्सा खतरामा रहेको अनुमान गरेका छन् । महामारी छिटो अन्त्य नहुने भए पनि संक्रमण फैलन रोक्न र जीवन बचाउने तरिका भने रहेको उनले बताएका छन् ।

डब्लुएचओका निर्देशक टेड्रोस एडनहोनम गेब्रियाससले संसारभरिका देशमा भाइरसले भिन्न तरिकाले असर पु¥याएको हुँदा महामारीसँग जुध्नका लागि सबै एकसाथ आउनु पर्ने बताउँछन् । उनका अनुसार संसारको सबै देश भाइरसबाट प्रभावित भएका छन्, तर, महामारीले कतै कम र कतै बढी असर पारिरहेको छ । ७० प्रतिशत संक्रमित र मृत्यु १० देशमा दर्ता भएका छन् ।

जोन होपकिन्स युनिभर्सिटीका अनुसार भाइरसले हालसम्म कोरोना भाइरसको संक्रमणका कारण १० लाखभन्दा बढीको ज्यान गइसकेको छ ।

jackson ribon