birat ribon

ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

Neuro
ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

विराटनगर, २० असोज । रामेछापमा सोमबार साँझ भएको ट्याक्टर दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोरम्बा–७ का चालक पेमा लामा र ट्याक्टरमा सवार ५५ बर्षिय फुर्वा दोर्जे रहेका छन् । दुर्घटना रामेछापको दोरम्ब गाउँपालिका–४ सानो शैलुङमा भएको हो ।

cura insider

ना ७ त ८७३ नम्बरको ट्याक्टर सडकबाट दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । काभ्रेको जिरोकिलोबाट डिजेल लिएर सो ट्याक्टर दोरम्बा गएको थियो ।

jackson ribon