birat ribon

दमकका मेयरलाई कोरोना पुष्टि

Neuro
दमकका मेयरलाई कोरोना पुष्टि

झापा २० असोज । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार मेयर ओलीलाई सङ्क्रमण पुष्टि भएको हो ।

उनकी पत्नी लीला र छोरा अनिललाई समेत कोरोना पोजेटिभ देखिएको छ । ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए । नगरप्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिका आज (मंगलबार) देखि ४ दिनका लागि बन्द गरिएको छ । रासस

cura insider
jackson ribon