birat ribon

चितवनमा संक्रमित वृद्धको मृत्यु

Neuro
चितवनमा संक्रमित वृद्धको मृत्यु

विराटनगर, २० असोज । चितवनको चितवन मेडिकल कजेलमा उपचाररत कोरोना भाइरस संक्रमित ७७ वर्षीय वृद्ध पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका ५ का वृद्धको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए ।

cura insider

निमोनिया र श्वासप्रश्वासबाट समस्या भएपछि असोज १६ गते अस्पताल भर्ना गरिएका उनको कोरोना परीक्षण रिपोर्ट पर्सिपल्ट असोज १८ गते पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएलगत्तै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार सुरु गरिएको थियो ।

jackson ribon