birat ribon

विश्वका १० प्रतिशत मानिसमा संक्रमण भएको हुन सक्ने डब्लुएचओको अनुमान

Neuro
विश्वका १० प्रतिशत मानिसमा संक्रमण भएको हुन सक्ने डब्लुएचओको अनुमान

विराटनगर, २० असोज । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका १० प्रतिशत मानिसमा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने अनुमान गरेको छ ।

Padelux insider
cura insider

डब्लुएचओका नेताहरुको विशेष बैठकमा विश्वमा हरेक एस जनामध्ये १० जनामा कोरोना संक्रमण भएको हुन सक्ने बताएका छन् । संक्रमितको अनुमानित संख्याको अर्थ विश्वको बहुल क्षेत्र अझै पनि जोखिममा रहेको उच्च अधिकारीले बताएका छन् ।

वाल्डो मिटरका अनुसार विश्वभर तीन करोड ५६ लाख ७१ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । तर संक्रमितको वास्तविक संख्या ८० करोड नजिक रहेको डब्लुएचओको अनुमान छ ।

विज्ञहरुले यसअघिदेखि नै लगातार वास्तविक संक्रमितको संख्या पुष्टि भएकोभन्दा अधिक रहेको बताउँदै आएका छन् । महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा डब्लुएचओको विशेष बैठक बसेको हो ।

बैठकमा कोरोनाविरुद्धको खोपको अध्ययनका बारेमा पनि छलफल भएको थियो । महामारीको १० महिना भइसक्दा पनि अझै नियन्त्रणमा आउने वा कमजोर हुने कुनै संकेत नदेखिएकोभन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको । उसनका अनुसार धेरै देशमा अहिले महामारीको दोस्रो लहर देखिएको छ ।

jackson ribon