birat ribon

कोरोना संक्रमित डोनाल्ड ट्रम्प तीन दिनमै अस्पतालबाट डिस्चार्ज

Neuro
कोरोना संक्रमित डोनाल्ड ट्रम्प तीन दिनमै अस्पतालबाट डिस्चार्ज

विराटनगर, २० असोज । कोरोना भाइरसबाट संक्रमित बनेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिननै अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अस्पताल भर्ना भएका प्राय संक्रमितलाई दुई सातासम्म उपचारपछि पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा मात्रै डिस्चार्ज गर्ने गरिन्छ । तर कोरोनालाई संक्रमणलाई सामान्य भनेर पटकपटक विवादमा आएका ट्रम्पले भने यो क्रम भंग गर्दै तीन दिनमै डिस्चार्ज पाएका छन् । अझै पनि उनले कोरोनाका बारेमा विवादास्पद टिप्पणी गर्न छोडेका छैनन् ।

cura insider

स्वास्थ्य अवस्था सामान्य देखिएपछि ट्रम्पलाई डिस्चार्ज दिइएको उनी उपचाररत वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरले जनाएको छ । ट्रम्प स्थानीय समयअनुसार सोमबार बेलुका डिस्चार्ज भएका हुन् । सोमबार बेलुका मास्क लगाएर उनी अस्पतालबाट बाहिरिए ।

अस्पतालबाट बिदा भएका ट्रम्पले चाँडैले चुनावी अभियानमा सामेल हुने दाबी पनि गरेका छन् । उनले ट्वीट गरेर कोरोना भाइरसबाट नडराउन र यसबाट आफ्नो जीवनलाई प्रभावित वा दब्न नदिन पनि आफ्ना समर्थकलाई भनेका छन् । वाल्टर रीडबाट बाहिरिनु भन्दा केही पहिले ट्रम्पले ट्वीट गरेका थिए, ‘चाँडै नै चुनावी अभियानमा फर्किने छु । फेक न्यूजले मात्रै फेक सर्वेक्षण देखाउँछ ।’

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको देश अमेरिकामा अहिलेसम्म ७६ लाख ७६ हजार तीन सय ७८ जना बढीमा संक्रमण पुष्टि भइसकेको छ । ज्यान गुमाउने संक्रमिको संख्या पनि अन्य मुलुकभन्दा अमेरिकामा धेरै छ ।

ट्रम्पको स्वास्थ्य अवस्थाको गम्भीरतालाई लिएर विवादित वक्तव्य जारी हुने गरेका कारण अझै पनि अन्यौलता कायमै छ । यस्तै ह्वाइट हाउसमा कति जनालाई संक्रमण फैलिएको छ भन्ने कुरा पनि स्पष्ट नभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

बाहिरिने क्रममा ट्रम्पले पत्रकारले सोधेका प्रश्नको जवाफ दिएनन् । उनले सबैलाई धन्यबाद मात्रै भनेका थिए ।

पछिल्लो पटक सार्वजनिक भएको मत सर्वेक्षणमा डोनाल्ड ट्रम्प डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन भन्दा १४ अंकले पछि परेको देखिएको छ । अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ।

ट्रम्प अस्पतालबाट डिस्चार्ज भए पनि उनको उपचार भने जारी रहेको छ ।

jackson ribon