birat ribon

आर्सनलले थोमस पार्टी भित्र्यायो

Neuro
आर्सनलले थोमस पार्टी भित्र्यायो

विराटनगर, २० असोज । इंग्लिस क्लब आर्सनलले थोमस पार्टीलाई अनुबन्ध गरेको छ । समर ट्रान्सफरको अन्तिम दिन आर्सनलले मिडफिल्डर पार्टीलाई एथ्लेटिको मड्रिडबाट अनुबन्ध गरेको हो ।

५० मिलियन युरोमा लण्डन क्लबमा अनुबन्ध भएका घानाका खेलाडी पार्टीले आर्सनलसँग तीन वर्षे सम्झौता गरेका छन् । उनी जुन २०२३ सम्म आर्सनलमा रहनेछन् ।

cura insider

२०१५ यता एथ्लेटिकोबाट खेलेका उनले १८८ खेल खेल्दा १६ गोल र १२ असिस्ट गरेका छन् । उनले एउटा यूईएफए सुपर कप र एउटा युरोपा लिगको उपाधि जितेका छन् ।

jackson ribon