birat ribon

काभानी म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

Neuro
काभानी म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

विराटनगर, २० असोज । उरुग्वेका स्ट्राइकर इडिन्सन काभानी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । युनाइटेडले ३३ वर्षीय काभानीलाई फ्रि ट्रान्सफरमा अनुबन्धित गरेको हो ।

केही समयअघि नै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छोडेका काभानीले युनाइटेडसँग एक वर्षको सम्झौता गरेका छन् । उनले जुन २०२१ सम्म प्रिमियर क्लबसँग सम्झौता गरेका हुन् ।

cura insider

पीएसजीमा ७ वर्ष बिताएका उनले त्यहाँबाट ३०१ खेल खेल्दा २०० गोल र ४३ असिस्ट गरे । लिग वानमा दुई पटक सर्वाधिक गोलकर्ता बनेका उनले छ पटक उपाधि जिते । ७ पटक फ्रेन्च सुपर कप जितेका काभानीले ४ वटा फ्रेन्च कप र पाँच वटा फ्रेन्च लिग कप जिते ।

jackson ribon