birat ribon

महिलाले जन्माइन् पाँच शिशु

Neuro
महिलाले जन्माइन् पाँच शिशु

विराटनगर, २० असोज । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा २८ वर्षिया सोनिका तामाङले पाँच शिशु जन्माएकी छिन् ।

नुवाकोटकी उनको गर्भबाट सोमबार बिहान शल्यक्रिया गरी ५ शिशु निकालिएको हो । गर्भको आठ महिनामै सुत्केरी बेथा लागेपछि उनको आकिस्मक शल्यक्रिया गर्नु परेको शल्यक्रियामा संलग्न चिकित्सक डा. कीर्तिपाल सुवेदीले बताए । ‘भर्ना हुँदा पेटमा चारवटा बच्चा छ एउटा मृत छ भनेर आउनु भएको थियो । शल्यक्रिया गर्दामात्रै ५ वटा शिशु भएको थाहा भयो,’ उनले भने, ‘हामी पनि छक्क पर्‍यौं, पछिल्लो बच्चाको तौल निकै कम छ ।’ मृत शिशुका कारण अन्य जीवित शिशुलाई असर गर्ला भनेर महिलालाई एक महिनाअघि देखि नै अस्पताल भर्ना गरेर निगरानीमा राखिएको थियो ।

cura insider

उनका अनुसार मृत शिशुबाट निस्कने खराब रसायन (डीआईसी)ले अन्य शिशुको वृद्धिविकासमा असर गर्ने या मृत्यु नै गराइदिने जोखिम थियो ।गर्भको नौ महिना पुगेपछि शल्यक्रिया गरी सुत्केरी गराउने योजना थियो तर सोमबार बिहान उनलाई बेथा लाग्यो । चिकित्सकले तुरुन्तै शल्यक्रिया गरी सुत्केरी गराए । जन्मिएका सबै शिशु छोरी हुन् भने मृत छोरा थिए । उनको तौल सामान्य (२.३ केजी) भन्दा कम छ । शिशुहरुको तौल १.८, १.९, १.६ र ८०० ग्रामका छन् ।

आमाको स्वास्थ्य समान्य छ । अत्यधिक रक्तश्राब या पाठेघर नै निकाल्नुपर्ने जस्ता जोखिम हुन सक्ने भएकाले सुत्केरीलाई केही दिन निगरानीमा राखिने उनले बताए ।

विवाह भएको नौ वर्षपछि मात्रै उनले सन्तान जन्माएकी हुन् । बीचमा गर्भ रहे पनि दुईपटक खेर गएको थियो । आजको कान्तिपुर दैनिकमा समाचार छ

jackson ribon