birat ribon

वृक्षरोपणमा ९० प्रतिशत सफलता

Neuro
वृक्षरोपणमा ९० प्रतिशत सफलता

विराटनगर, २० असोज । ‘राष्ट्रिय वृक्षरोपण’ अभियान वर्षमा लिइएको पाँच करोड बिरुवा रोप्ने लक्ष्यमध्ये करिब ९० प्रतिशतभन्दा बढी सफलता हासिल भएको छ ।

राष्ट्रिय वृक्षरोपण अभियान वर्ष २०७६ मा १५ करोड रुपैयाँ बजेट विनियोजन गरेर सरकारले मुलुकभर पाँच करोड बिरुवा रोप्ने लक्ष्य अघि सारेको थियो । यस अभियानअन्तर्गत सात प्रदेशमा विभिन्न सङ्घसंस्थामार्फत तीन करोड ८३ लाख ९९ हजार छ सय ९२ वटा बिरुवा रोपिएका छन् । यसैगरी सात सयभन्दा बढी नर्सरीबाट बिक्री भएका ७० लाखभन्दा बढी बिरुवासमेत गरी चार करोड ५४ लाखभन्दा बढी बिरुवा रोपिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

cura insider

मन्त्रालयको वन तथा भूसंरक्षण विभागले उपलब्ध गराएको वृक्षरोपण वर्ष २०७६ को प्रगति विवरणमा ९० प्रतिशतभन्दा बढी बिरुवा रोप्न सफलता मिलेको उल्लेख छ । हरियाली प्रवद्र्धन र वन क्षेत्र बढाउने उद्देश्यले राष्ट्रिय वृक्षरोपण दिवस २०७६, असार १४ गते सो अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको तीनकुनेमा बिरुवा रोपेर थालनी गरेका थिए ।

वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक बद्रीराज ढुङ्गानाले भने , “अभियानकै रूपमा वृक्षरोपण गरेर वन क्षेत्रको वृद्धिका लागि सामूहिक रूपमा योगदान पु¥याउने प्रयास गरिएको छ र यस आर्थिक वर्षमा करिब लक्ष्यमा पुग्न सफल भएका छौँ ।’’ आजको गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon