birat ribon

कोरोनाका कारण १० लाख ४५ हजार बढीको मृत्यु

Neuro
कोरोनाका कारण १० लाख ४५ हजार बढीको मृत्यु

विराटनगर, २० असोज । कोरोना भाइरस संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १० लाख ४५ हजार बढी पुगेको छ ।

Padelux insider
cura insider

एकै दिन तीन हजार सात सय १७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १० लाख ४५ हजार तीन सय ५७ पुगेको हो । पछिल्लो २४ घण्टामा दुई लाख ४८ हजार सात सय ४० नयाँ बिरामी थपिएसँगै विश्वमा संक्रमित संख्या तीन करोड ५६ लाख ७९ हजार छ सय ८२ पुगेको छ ।

संक्रमितमध्ये दुई करोड ६८ लाख ४४ हजार पाँच सय ६७ जना उपचारपछि निको भएका छन् । ७७ लाख ८९ हजार सात सय ५८ जना उपचाररत रहेकोमा ६६ हजार सात सय ५७ जनाको स्वास्थय अवस्था खराब छ ।

अमेरिकामा पछिल्लो २४ घण्टाभित्रमा तीन सय ५९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुने संक्रमितको संख्या दुई लाख १४ हजार नौ सय ७० पुगेको छ । एकै दिन ३८ हजार पाँच सय ६६ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ७६ लाख ७६ हजार तीन सय ७८ पुगेको छ ।

संक्रमितमध्ये ४८ लाख ८८ हजार चार सय ९९ जनाको उपचार सम्भव भएको छ । २५ लाख ७२ हजार नौ सय नौ जना उपचाररत रहेकोमा १४ हजार एक सय ९३ जनाको अवस्था गम्भीर छ ।

भारतमा एकै दिन आठ सय ८६ जनाको मृत्यु भएपछि ज्यान गुमाउने संक्रमितको संख्या एक लाख तीन हजार छ सय पुगेको छ । २४ घण्टामा ५९ हजार आठ सय ९३ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ६६ लाख ८२ हजार ७३ पुगेको छ ।

५६ लाख ५९ हजार एक सय १० जना उपचारपछि कोरोना जित्दै डिस्चार्ज भएका छन् । नौ लाख १९ हजार तीन सय ६३ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा थप तीन सय ९८ जनाको ज्यान गएसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या एक लाख ४६ हजार सात सय ७३ पुगेको छ । नयाँ २५ हजार दुई सय १० जना बिरामी थपिएपछि संक्रमित संख्या ४९ लाख ४० हजार चार सय ९९ पुगेको छ ।

४२ लाख ९५ हजार तीन सय दुई जना उपचारपछि घर फर्किएका छन् । चार लाख ९८ हजार चार सय २४ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

jackson ribon