birat ribon

गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन आवश्यक : अध्यक्ष यादव

Neuro
गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन आवश्यक : अध्यक्ष यादव

सिरहा, १९ असाेज । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकमा संघीय गणतन्त्र संस्थागत गर्न संविधान संशोधन गर्न आवश्यक रहेकाे बताएका छन् ।

सिरहाको लहानमा सोमबार विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेकाहरूलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

cura insider

अध्यक्ष यादवले सङघीय गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै सङ्घीय व्यवस्थालाई संस्थागत गरी जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु र फस्टाउँदै गएको भ्रष्टाचार अन्त्य गर्नु अहिलेको प्रमुख चुनौती रहेको बताए ।

लामो संघर्ष र शहीदहरूको बलिदानीबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेकाले यसलाई संस्थागत गर्न अझै संघर्ष गर्नुपर्ने आवश्यकता रहेको बताए ।

मुलुकका पुराना राजनीतिक शक्तिहरू असफल भइसकेकाले मधेशमा भएका राजनीतिक शक्तिहरूलाई एकीकृत गरी पहाडका उत्पीडित शक्तिलाई समेत समेटेर सिंहदरबारमा बर्चस्व कायम गर्न नयाँ वैकल्पिक शक्ति निर्माणको अभियानमा आफू जुटेको उनको भनाइ थियो ।

jackson ribon