birat ribon

आईपीएल : स्टोइनिसको अर्धशतकमा दिल्लीले बैंग्लोरलाई दियो १९७ रनको लक्ष्य

Neuro
आईपीएल : स्टोइनिसको अर्धशतकमा दिल्लीले बैंग्लोरलाई दियो १९७ रनको लक्ष्य

विराटनगर, १९ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई जितका लागि १९७ रनको लक्ष्य दिएको छ ।

सोमबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभर खेल्दा ४ विकेट गुमाउँदै १९६ रन बनायो ।

cura insider

दिल्लीका लागि मार्कुस स्टोइनिसले अर्धशतकीय पारी खेले । उनले २६ बलमा २ छक्का र ६ चाेकाको सहायतामा अजिवित ५३ रन बनाए ।

यस्तै पृथ्वी शले ४२ रन जाडे भने रिषव पन्तले ३७ रन जोडे । शिखर धवनले ३२ रन बनाउँदा कप्तान श्रेयस अय्यर र सिम्रोन हेटमेरले समान ११ रन जोडे ।

बलिङतर्फ बैंग्लोरका मोहम्मद सिराजले दुई विकेट लिँदा मोइन अली र उसुरु उदानाले समान एक–एक विकेट लिए ।

यस खेलमा यी दुवै टोली आफ्नो चौथो जितको खोजीमा छन् । चार खेल खेका दिल्ली र बैंग्लाेर ६ अंकका साथ क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् ।

दुवै टोली एक-अर्कामाथि जित निकाल्दै शीर्ष स्थानमा उक्लने दाउमा छन् ।

jackson ribon