birat ribon

अबको तीन वर्षमा देशबाटै फुसको छाना विस्थापन हुन्छ : शहरी विकासमन्त्री नेम्वाङ

Neuro
अबको तीन वर्षमा देशबाटै फुसको छाना विस्थापन हुन्छ : शहरी विकासमन्त्री नेम्वाङ

काठमाडाैं, १९ असाेज । शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले अबको तीन वर्षमा देशबाटै फुसको छाना विस्थापन गरिने बताएका छन् ।

विश्व बसोबास दिवस २०२० का अवसरमा आयोजित भर्चुअल कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् । उनले स्थानीय सरकारसँगको सहकार्यमा सो कार्यक्रम अघि बढाइने जानकारी दिए ।

cura insider

उनका अनुसार मन्त्रालयले चालु आर्थिक वर्षमा एक लाख ५० हजार घरमा सो कार्यक्रममार्फत फुसको छाना विस्थापन गर्ने लक्ष्य लिएको छ ।

सरकारले काठमाडौँ उपत्यकामा चार ‘स्मार्ट सिटी’ स्थापनालाई महत्वका साथ अघि बढाइरहेको उनले बताए ।

उनका अनुसार मन्त्रालयले शहरी विकाससँग सम्बन्धित कानून पनि अघि बढाइरहेको छ ।

संविधानले नै आवासको हकलाई मौलिक हकमा राखेको छ । रासस

jackson ribon