birat ribon

पीएसजीका मोटिङ बायर्नमा

Neuro
पीएसजीका मोटिङ बायर्नमा

विराटनगर, १९ असोज । जर्मन च्याम्पियन क्लब बायर्न म्युनिखले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का जीन–इरिक म्याक्सिम चोपो–मोटिङ अनुबन्ध गरेको छ । सोमबार उसले जर्मन फरवार्ड मोटिङलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

बायर्नले ३१ वर्षीय मोटिङसँग जुन २०२१ सम्म सम्झौता गरेको छ । दुई वर्ष पीएसजीबाट लिग वान खेलेका उनले ५१ खेल खेल्दै ९ गोल गरेका छन् । उनले पीएसजीबाट दुई पटक लिग वान जितेका छन् ।

cura insider

यससँगै बायर्नले आजै दुई खेलाडी क्लबमा भित्र्याएको छ । उसले सोमबार नै ब्राजिलियन विंगर डग्लस कोस्टालाई लोनमा अनुबन्ध गरेको थियो । बायर्नले कोस्टालाई इटालियन युभेन्टसबाट फर्काएको हो ।

३० वर्षीय कोस्टालाई बार्यनले एक सिजनका लागि भित्र्याएको हो ।

jackson ribon