birat ribon

अनलाइन क्लास लिने विद्यार्थी विज्ञको यस्तो सुझाव

Neuro
अनलाइन क्लास लिने विद्यार्थी विज्ञको यस्तो सुझाव

काठमाडाैं, १९ असाेज । अनलाइन क्लास लिने विद्यार्थीलाई सफा पानीले आँखा धुन र बीसबीस मिनेटमा आराम लिन विज्ञले आग्रह गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दृष्टि विशेषज्ञ सङ्घका प्रवक्ता दीपककुमार झाले यस्तो आग्रह गरेका हुन् ।

cura insider

उनले अनलाइन कक्षा सञ्चालन गर्दा आँखामा तत्कालीन र दीर्घकालीन रूपमा असर पार्ने भएकाले दिनमा कम्तीमा दुई पटक सफा पानीले आँखा धुन उनले सुझाव दिए ।

यस्तै हरेक बीस-बीस मिनेटमा अनलाइन कक्षाबाट केही समय आराम लिन शिक्षक तथा विद्यार्थीलाई उनले आग्रह गरेका छन् ।

jackson ribon