birat ribon

कोस्टा बायर्न फर्किए

Neuro
कोस्टा बायर्न फर्किए

विराटनगर, १९ असोज । ब्राजिलियन विंगर डग्लस कोस्टा पूर्वक्लब बायर्न म्युनिख फर्किएका छन् । जर्मन च्याम्पियन बायर्नले कोस्टा इटालियन युभेन्टसबाट फर्किएको पुष्टि गरेको छ ।

सन् २०१५ मा शख्तर डोनेस्कबाट बायर्न आएका उनी तीन वर्षपछि लोनमा इटाली गएका थिए ।

cura insider

युभेन्टसले केही समयपछि उनलाई स्थायी खेलाडीका रूपमा राखेको थियो । र, युभेन्टसले कोस्टालाई पुनः लोनमा बायर्न पठाएको हो । ३० वर्षीय कोस्टालाई बार्यनले एक सिजनका लागि भित्र्याएको हो ।

युभेन्टस बसाइका क्रममा कोस्टाले १०३ खेल खेल्दा १० गोल र २१ असिस्ट गरेका थिए ।

jackson ribon