birat ribon

डिप्रेसनले दुखाइ र दुखाइले डिप्रेसन निम्त्याउन सक्छ

Neuro
डिप्रेसनले दुखाइ र दुखाइले डिप्रेसन निम्त्याउन सक्छ

विराटनगर, १९ असोज । दुखाइसँग डिप्रेसनको नजिकको सम्बन्ध छ । डिप्रेसनले दुखाइ निम्त्याउँछ भने दुखाइले पनि डिप्रेसन निम्त्याउन सक्छ ।

कहिलेकाँही दुखाइ र डिप्रेसनले एउटा चक्र सिर्जना गर्दछ, जहाँ दुखाइले डिप्रेसनको लक्षणहरू बिगार्छ, र परिणामस्वरूप डिप्रेसनले दुखाइका भावनाहरू बिगार्छ ।

cura insider

धेरै व्यक्तिहरूमा ढाड दुख्ने, टाउको दुख्नेलगायतका डिप्रेसनका अस्पष्ट शारीरिक लक्षणहरू देखाउने गर्छ ।

यस प्रकारको दुखाइ डिप्रेसनको पहिलो वा एक मात्र संकेत पनि हुन सक्छ । दुखाइ र यसले निम्त्याउने समस्याहरूले मानिसलाई समयसँगै थकित तुल्याउन सक्छ ।

र, साथै मुडलाई पनि असर गर्न सक्छ । दीर्घकालीन पीडाले निन्द्रा र तनावलगायतका धेरै समस्याहरू निम्त्याउँछ जुन डिप्रेसनले पनि निम्त्याउन सक्छ ।

डिप्रेसन केवल चोटपटकबाट हुने दुखाइमा मात्र नभएर मधुमेह, क्यान्सर वा हृदय रोग जस्ता स्वास्थ्य अवस्था भएको व्यक्तिहरूमा पनि देखिन्छ ।

दुखाई र डिप्रेसनका लक्षणहरूलाई नियन्त्रणमा प्रत्येक समस्याको लागि छुट्टै उपचार आवश्यक पर्छ । केही उपचारले भने दुवैलाई मद्दत गर्न सक्छ । एन्टीडिप्रेसन्ट औषधिहरूले मस्तिष्कमा साझा रासायनिक सन्देश वाहकहरूको कारण दुखाइ र डिप्रेसन दुवैलाई कम गर्न सक्छ ।

मनोवैज्ञानिक परामर्श (साइकोथेरापी) पनि दुवैको उपचारमा प्रभावकारी हुन सक्छ । तनाव न्यूनीकरण गर्ने तरिका, शारीरिक गतिविधि, व्यायाम, ध्यान, सिक्ने इच्छा र अन्य रणनीतिहरूले पनि मद्दत गर्न सक्छ ।

चिकित्सा र मनोवैज्ञानिक पक्षसहितको सामान्यतया उपचार पनि प्रभावकारी हुन सक्छ ।

दुखाइ र डिप्रेसन दुवै भएमा लक्षणहरू खराब हुनुभन्दा पहिले नै डाक्टरको सहयोग लिनुपर्छ । डिप्रेसन छ भन्दैमा दयनीय हुनु आवश्यक छैन । सही उपचारले फेरि जीवनको आनन्द लिन मद्दत गर्न सक्छ ।

jackson ribon