birat ribon

‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक, फूलपातीको दिन रिलिज (भिडियोसहित)

Neuro
‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक, फूलपातीको दिन रिलिज (भिडियोसहित)

विराटनगर, १९ असोज । फिल्म ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक भएको छ ।

७ कात्तिक फूलपातीको दिन रिलिजको घोषणा गर्दै फिल्म ‘लक्ष्मीपूजा’को टिजरलाई बूढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

cura insider

सरकारले फिल्म क्षेत्र नखोले पनि रिलिज मिति तोकिँदै सार्वजनिक गरेको टिजर सस्पेन्स र रिभेन्जमा आधारित भएको देखिन्छ ।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको टिजरमा फिल्मका कलाकारहरू जाहान्वी बस्नेत, जयकिशन बस्नेत, सलोन बस्नेत, रियाशा दाहाल, नीर शाहलगायतलाई देख्न सकिन्छ ।

फिल्मलाई समीर मियाँले निर्देशन गरिरहेका छन् । पारिवारिक प्रेमकथा रहने फिल्ममा दसैँ र तिहारको परिवेश प्रश्तुत गरिने फिल्म ‘लक्ष्मीपूजा’मा जाह्नवीको मुख्य र दोहोरो भूमिका रहने बुझिएको छ ।

फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिने छन् । केदार भुषालको कथामा तयार हुने फिल्ममा विपिन आचार्यको सङ्गीत, दयाराम पाण्डेको गीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

jackson ribon