birat ribon

कोरोना संक्रमण देखिएपछि अभिनेत्री तमन्ना अस्पताल भर्ना

Neuro
कोरोना संक्रमण देखिएपछि अभिनेत्री तमन्ना अस्पताल भर्ना

विराटनगर, १९ असोज । बाहुबली अभिनेत्री तमन्‍ना भाटिया अस्पताल भर्ना भएकी छन् । कोरोना संक्रमण भएपछि दक्षिण भारतीय अभिनेत्री तमन्‍ना अस्पताल भर्ना भएको भारतीय मिडियाहरूले जनाएका छन् ।

कोरोना पोजेटिभ देखिएपछि हाल उनी हैदराबादको अस्पतालमा भर्ना भएकी छन् ।

cura insider

आफ्नो पहिलो वेब सिरिजको छायांकनको क्रममा हैदराबादमा रहेकी उनले कोरोनाको लक्षण देखिनेबित्तिकै परीक्षण गराएकी थिइन् ।

परीक्षणपछि उनको रिपर्ट पोजिटिभ आएको हो । तमन्‍नाको आमाबाबु भाइरसबाट संक्रमित भएको एक महिनापछि यो समाचार आएको हो ।

२७ अगष्टमा उनका आमाबुबालाई संक्रमण देखिँदा भने उनको रिर्पोट नेगेटिभ आएको थियो । तमन्‍नालाई अहिले अस्पतालमा भर्ना गरिएको छ र उनको उपचार भइरहेको बताइएको छ ।

jackson ribon