birat ribon

फेरि सर्‍यो ‘ए मेरो हजुर ४’को छायांकन

Neuro
फेरि सर्‍यो ‘ए मेरो हजुर ४’को छायांकन

विराटनगर, १९ असोज । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहने ‘ए मेरो हजुर ४’को छायांकन फेरि सरेको छ ।

गत चैत्रदेखि भएको लकडाउनको कारण रोकिएको फिल्म ‘ए मेरो हजुर ४’को छायांकन शुक्रबारबाट हुने बताइए पनि फिल्मको छायांकन सुरु हुन सकेन । छायांकनको सबै तयारी भए पनि सरकारले फिल्म छायांकन अनुमति नदिएको कारण फिल्मको छायांकन सुरु हुन नसकेको फिल्म निर्देशक झरना थापा बताउँछिन् ।

cura insider

सरकारले अनुमति नदिँदै छायांकनमा निस्किए कानुनको अवहेलना हुनुका साथै विभिन्न नकारात्मक टिप्पणी खेप्नुभन्दा पनि केही समय कुर्नु नै ठिक सोचेर छायांकनलाई रोकेको उनको भनाइ छ । करिब ५० प्रतिशत छायांकन सकिएको फिल्मको छायांकन अब भने अनुमति पाउनासाथ सुरु गरिने निर्माण युनिटले जनाएको छ ।

सरकारले फिल्म क्षेत्र खोले फिल्मको छायांकन छिट्टो सकेर फिल्मलाई वैशाखमा रिलिज गर्ने योजना रहेको छ । निर्माता सुनिलकुमार थापाले निर्माण गर्ने फिल्ममा अभिनेता सलोन बस्नेत र मोडल तथा गायक दुर्गेश थापाको पनि मुख्य भूमिका रहने छ ।

jackson ribon