birat ribon

मेमोरी लस, सुन्निएको खुट्टा र सिँढी चढ्न नसक्नु मुटु रोगको संकेत हुन सक्छ

Neuro
मेमोरी लस, सुन्निएको खुट्टा र सिँढी चढ्न नसक्नु मुटु रोगको संकेत हुन सक्छ

विराटनगर, १९ असोज । हृदय रोगहरू मृत्युदर बढाउने प्रमुख कारणमध्ये एक हुन् ।

मधुमेह, उच्च रक्तचाप, शारीरिक निष्क्रियताका कारण मोटोपना वा धुम्रपानमा जस्ता विभिन्न जीवनशैली मुटु रोगको जोखिम कारक हुन सक्छन् । छातीमा वा बायाँ हातमा पीडा हुनु भनेको मुटुमा समस्या भएको स्पष्ट संकेत हो । तर, यसबाहेक अरू धेरै लक्षणहरू पनि छन् जसलाई बेवास्ता गर्नु हुँदैन । खुट्टा सुन्निनु मुटुमा हुने समस्याहरूको गम्भीर संकेत हुन सक्छ । खुट्टा सुन्निनु कम रगत सञ्चालन भएको संकेत हो । मुटुबाट रगत ढिलो दरमा बग्दा मुटुमा फर्किएको रगत ब्याकअप हुन्छ । जसकारण खुट्टा तथा पइताला वरपरका टिश्यूहरूमा परिणामस्वरूप सुन्निने गर्छ ।

cura insider

मुटुसम्बन्धी समस्याहरूले दुखाइ केवल छातीमा मात्र नभई त्यसबाहेक अरू क्षेत्रमा पनि महसुस गर्न सकिन्छ । मुटुको समस्याले गर्दा हुने पीडा प्रायः काँध, घाँटी र बंगारामा महसुस हुन्छ । सामान्य शारीरिक कामहरू गर्न संघर्ष गर्नु परे रक्तसञ्चारको समस्याको संकेत हो । व्यायाम गर्दा धेरै पटक आराम गर्नुपरे वा सिँढी चढ्दा सास फेर्न गाह्रो महसुस भए मुटुले मांसपेशीहरूमा अक्सिजनयुक्त रगतको आपूर्ति गर्न असमर्थ छ भन्ने संकेत गरेको हुन सक्छ ।

दिमागले पर्याप्त रगत नपाएका कारण चिन्ता र बिर्सने समस्या हुन सक्छ । यदि समस्यालाई समाधान नगरीकन छाडियो भने यसले मस्तिष्क कोषहरूलाई क्षति पुर्‍याउँछ र छोटो अवधिको स्मरण शक्ति गुमाउने जस्ता गम्भीर समस्याहरू निम्त्याउँछ । नियमितरुपमा स्मरण शक्ति गुमेको महसुस भए स्वास्थ्यमा समस्या छ भनेर बुझी डाक्टरकोमा जान आवश्यक हुन्छ ।

पुरुषहरूमा इरेक्टाइल डिसफंक्शन हृदय समस्याको सबैभन्दा साधारण संकेतहरूमध्ये एक हो । जब लिंगको रक्तनलीहरूले पर्याप्त रगत प्राप्त गर्दैनन्, जसकारण सेक्सको समयमा इरेक्सन कायम गर्न गाह्रो हुन्छ । धेरै अवस्थाहरूमा, यो लक्षण अन्य लक्षणहरूभन्दा अगाडि देखा पर्ने गर्छ । जीवनशैलीमा परिवर्तन ल्याउँदा कोलेस्ट्रोल, उच्च रक्तचाप र मोटोपना जस्ता मुटु रोगका जोखिम कारकहरूलाई कम गर्न सकिन्छ ।

jackson ribon