birat ribon

आज एकै दिन १९ जनाको कोरोनाबाट मृत्यु

Neuro
आज एकै दिन १९ जनाको कोरोनाबाट मृत्यु

विराटनगर, १९ असोज । नेपालमा सोमबार थप १९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका क्रमा थप १९ जनाको कोरोनाबाट ज्यान गएको जानकारी दिएको छ ।

cura insider

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।

सोमबार थप २४ सय ४० जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ ।

सोमबार थप ११ सय ३३ संक्रमित कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ६५ हजार २०२ पुगेको छ । कुल संक्रमितमध्ये ७३ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले जानकारी दिए ।

jackson ribon