birat ribon

कोरोना संक्रमणमुक्त हुनेको संख्या ६५ हजार २०२ पुग्यो

Neuro
कोरोना संक्रमणमुक्त हुनेको संख्या ६५ हजार २०२ पुग्यो

विराटनगर, १९ असोज । नेपालमा सोमबार थप ११ सय ३३ संक्रमित कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ११ सय ३३ जना निको भएको जानकारी दिएको छ ।

cura insider

यससँगै कोरोनामुक्त हुनेको संख्या ६५ हजार २०२ पुगेको छ । कुल संक्रमितमध्ये ७३ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले जानकारी दिए ।

सोमबार थप २४ सय ४० जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ ।

सोमबार थप १९ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ५५४ पुगेकाे छ ।

jackson ribon